काठमाण्डौँ – एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो घरमा दुई थोक तरकारी पकाएर खाने अवस्था नभएको जिकिर गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री एवं अहिले सांसद रहेका ज्ञवालीले यस्तो दावी गरेका हुन् ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन ।
अहिलेको मुल्यवृद्धि सरकारले गराएको ज्ञवालीको दावी छ ।




















