काठमाडौं–लोकदोहोरी गायिका दिलमाया सुनारको मृ त्यु प्रकरणमा ट्वीस्ट आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आ त्म ह त्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा ह त्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। गायिका सुनारको ह त्या भएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धान टुंग्याउनेतर्फ लागेको छ।
असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले ह त्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम केसीले अनुसन्धान टुंग्याएर फाइल बुझाउन लागिएको जानकारी दिए।
असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृ त भेटिएकी थिइन्। गायिका सुनार मृ त भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अ प रा ध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। सो क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते प क्रा उ परेका थिए।
उनी प क्रा उ परेसँगै मृ त क गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आ त्म ह त्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण गरेको थियो। तर विस्तृत अनुसन्धानका क्रमा सुनारले आ त्म ह त्या गरेको नभई उनको हत्या भएको निष्कर्ष निकालेर फाइल बुझाउन लागिएको स्रोतले जानकारी दियो।
‘सुरुवाती अनुसन्धाको क्रममा दुरुत्सा’हन हुनसक्ने विश्लेषण गरिएको थियो। तर विस्तृत अनुसन्धान गर्दा हत्या भएको देखिएपछि कर्तव्य ज्यानको कसुरमा मु द्दा चलाउनु पर्ने रायसहित अनुसन्धान फाइल बझाउने तयारी गरेका छौं’ प्रहरी स्रोतले भन्यो।
झुण्डिएर आ त्म ह त्या गरेको भनिएका सुनारको श व ओछ्यामा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टेटस लेख्नु, तर उक्त स्टेटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आ त्म ह त्या गरेको नभइ ह त्या भएको प्रहरी निष्कर्ष छ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको गायिका सुनारको पोष्टमार्टम रिपोर्टमा मृ त्यु को कारणबारे ह्याङ्गीङ उल्लेख गरिएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि सुनारको मृ त्यु बारे प्रहरीले ह त्या भएको होइन भन्ने ठाउँ नभएको भन्दै अनुसन्धान अघि बढाएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि झुण्डाएर ह त्या भएको हुनसक्ने आँकलन गर्दै प्रहरीले अनुसन्धान गरेको थियो। अन्ततः प्रहरीले गायिका सुनारको ह त्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याउने भएको छ।
अझै भेटिएन मोबाइल, ‘बाँच्न सक्दिन’ भन्दै कसले लेखेको थियो स्टेटस?
असार १० गते मध्यराति गायिका सुनारको फेसबुकको न्यूजफिडमा एउटा लामो स्टेटस देखिएको थियो । ‘बाँचेर पनि दिनदिनै म र्नु परेको, म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दो ष नलगाउनू’ गायिका सुनारको फेसबुकमा लेखिएको थियो।
यसको भोलिपल्टै गायिका सुनार मृ त भेटिएकी थिइन्। गायिका सुनारको फेसबुकमार्फत् यी कुराहरु सार्वजनिक भएपछि उनका साथीले घरबेटीलाई फोन गरेर उनको अवस्था बुझ्न लगाउँदा मृ त भेटिएकी थिइन्। अनुसन्धानको क्रममा फेसबुकमा स्टेटस लेखिएको रात प्रेमी श्रेष्ठ पनि गायिकासँगै उनकै कोठामा बसेको खुलेको थियो।
सीसी टीभी फुटेजबाट प्रेमी श्रेष्ठ प्रेमिका सुनार बस्ने घरमा गएको दृश्य समेत देखिएको थियो। यसलाई प्रहरीले बलियो दलिलको रुपमा अनुसन्धान फाइलमा राखेको छ। अर्कोतर्फ श्रेष्ठ र गायिका सुनारको मोबाइल लोकेसन समेत एकै ठाउँमा देखिएपछि उनीहरु त्यसरातसँगै बसेको भन्ने पुष्टि भएको थियो। यो कुरा अभियुक्त श्रेष्ठले समेत स्वीकार गरिसकेका छन्।
त्यो राति यी दुई जनासँगै बस्नु, आ त्म ह त्या गर्ने जानकारी गराउँदै शंकास्पद स्टेटस आउनु, त्यसको भोलिपल्ट मृ त भेटिनु, मोबाइल अहिलेसम्म नभेटिनुले घटना झनै रहस्यमय बनाएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मोबाइल नै नभेटिएकाले उक्त स्टेटस नै गायिका सुनारले नै लेखेको हो/होइन भन्ने यकिन हुननसकेको बताए। ह त्या को निष्कर्ष निकालेको प्रहरीले प्रेमी श्रेष्ठले नै उक्त स्टेटस लेखेको हुनसक्ने विश्लेषण गरको छ।
प क्रा उ परेलगत्तै प्रहरीसँगको सोधपुछमा श्रेष्ठले भने दुई जनासँगै बसेर म दि रा पिएको, केही समयमै आफू निदाएको, ब्युझिएपछि हेर्दा सुनार घाँटीमा सलको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका थिए।
झुण्डिएको देखेपछि सल फुस्काएर ओछ्यानमा राख्दा सुनार मृ त भइकेको उनको दाबी थियो। उक्त सल प्रेमी श्रेष्ठले नै लिएर फरार भएका थिए। श्रेष्ठलाई प क्रा उ गरेपछि उनकै बयानका आधारमा अ प रा ध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडिको नालीबाट सल बरामद गरको थियो। नेपाल लाइभ





















