गगनले झन्झन् गनगन गर्न थालेपछि ताते देउवा, फर्काए ‘पथ्थरको जवाफ फुल’बाट

काठमाडौं – महामन्त्री बनेपछि पार्टी सभापती शेर बहादुर देउवाको खेदो खन्दै जहिल्लै गनगन गरिरहन्छन् गगन थापा । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री थापा सभापति देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएर झन्झन् गनगन गर्न थालेपछि देउवाले पथ्थरको जवाफ फुलबाट फर्काएका हुन् ।

महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए । थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने–सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन ।

गुटको भेला पार्टी प्यालेसमा राखियो भन्ने सन्दर्भमा ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् । महामन्त्री थापाले लगातार आलोचना गरेपछि देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए ।

महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए ।

उनले भने– अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो । ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ ? ०६८ सालमा सुशील कोइरालालाई राजिनामा बुझाएर शेरबहादुर देउवा हिँड्दा आफूहरुले फकाएको भन्दै थापाले आज एजेण्डामा आफूहरुले छलफल गर्दा खेद्ने काम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...