बालेन शाहले छुट्याए रुटिन अफ नेपाल बन्दलाई १ करोड, यस्तो रहेछ वास्तविकता !

काठमाडौं – काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ ।

नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने ‘रुटिनअफ नेपालबन्द’का सञ्चालकले शुरू गरेको ई–स्पोटर्स प्रतियोगिता आयोजना गर्न एक करोड रुपियाँ विनियोजन गरिएको हो । महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८ सय ८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ ।नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपियाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यपालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर साहले अनलाइन खेलको नाममा १ करोड रुपियाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र शहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ ।

१ सय ८ पेज लामो पुस्तिकामा मेयर साहले नगरपरिषद् सदस्यलाई दबाब र प्रभावमा पारी आपूmलाई निर्वाचनमा सहयोग गर्ने संस्थालाई विनियोजन गरेको महानगरका पुराना कर्मचारीहरूको गुनासो छ ।
कामपाले सो बजेट पुस्तिका सार्वजनिक गरेको छैन । निर्वाचनमा फेसबुक र ट्विटरका माध्यमबाट चुनाव प्रचार गरी विजयी गर्न सफल रुटिन अफ नेपाल बन्दलाई गुन तिर्न एक करोड रुपियाँ विनियोजन गरेको कर्मचारीको भनाइ छ ।

‘शिक्षाको गुणस्तर सुधार्न अघि बढेका मेयर साहले साना बालबालिकाको मनौवैज्ञानिक असर हुने खेलका लागि १ करोड विनियोजन गर्नु गलत हो’ –एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रसँग भने । ‘बजेट पुस्तिका कार्यपालिकाको बैठकले स्वीकृत गरिसकेको छ । अब छापाखानाबाट छापेर आएपछि सबैलाई वितरण हुनेछ, लगभग पास भइसकेको छ’ –एक कर्मचारीले भने । मेयर बालेन्द्रलाई मेयरको टिकट पाउनु अघिबाटै प्रचारमा लागेको रुटिन अफ नेपाल बन्द र ई–स्पोर्टस टिमलाई यो रकम प्राप्त हुनेछ ।

ई–स्पोर्टसको लगानीकर्तामध्ये रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल हुनुहुन्छ । पौडेलकै दबाबमा मेयर साहले कार्यक्रम आयोजना गर्ने नाममा १ करोड रुपियाँ विनियोजन गरेको खुलेको छ ।‘कुनै पनि एक करोडको कार्यक्रम आयोजना गर्न टेन्डर गर्नुपर्छ, हचुवाको भरमा मनपरी रकम विनियोजन गर्न पाइँदैन’ –एक कर्मचारीले भने । त्यसै गरी -यापर यमबुद्धको शालिक निर्माण गर्न १५ लाख रुपियाँ विनियोजन गरिएको छ । बजेट पुस्तिकाको ८ सय ६६ नम्बरको बुँदामा शालिक निर्माण गर्न १५ लाख रुपियाँ विनियोजन भएको प्रमाण छ ।

उक्त रकम पनि सामाजिक विकास विभागअन्तर्गत रहेको छ । मेयर साहले महानगरको बजेटबाट शालिक निर्माण गर्ने उल्लेख भएपछि मेयर साहको चर्को विरोध भएको थियो । त्यसलगत्तै उहाँले आफ्नै खर्चमा शालिक बनाउने उद्घोष गर्नुभयो । बजेट पुस्तिका नगर परिषद् सदस्यहरूमा वितरण गर्नु नीतिगत बाध्यता भएका कारण पुस्तिका हेरिसकेपछि मेयर बालेनविरुद्ध सबैतिरबाट आवाज उठ्न थालेको छ ।
यस निर्णयविरुद्ध आवाज उठ्न थालेपछि मेयर साहले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभएको छ ।

उहाँले स्टाटसमा ‘काम गर्न देऊ डिस्टर्ब नगर’ लेख्नुभएको छ । उहाँको यस स्टाटरले बुझ्न सकिन्छ– मेयर साहले मनलाग्दी निर्णय गर्नथालेपछि उहाँको विरोध शुरू भएको छ । उहाँले लेख्नुभएको स्टाटसमा अधिकांशले विरोध जनाएपछि तत्काल मेटाउनुभएको छ ।करिब ४० लाख जनसंख्याको प्रमुख भएका मेयर साहले स्वतन्त्रको नाममा आर्जन गरेको लोकप्रियता बजेट पुस्तिका हेरेपछि चकनाचुर भएको महानगरवासीहरूको टिप्पणी छ ।

यसरी बजेठ छुट्याएको बारे पौलेलले पनि स्वीकार गरेका छन् । हाल नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ ।

मूलधारको राष्ट्रिय टेलिभिजन मध्य एक रहेको ‘हिमालयन टेलिभिजन’ ले समेत रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालनले एक करोड रुपैयाँ छुट्टाएको दाबी सहित भिडिओ सामाग्री सम्प्रेषण गरेको छ ।

यस विषयमा भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत बजेट परेको स्वीकार्दै उक्त समाचारको खण्डन गरेका छन् । ‘प्रिय हिमालयन टेलिभिजन म एउटा इ–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन ।’ उनी थप्छन्, ‘बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस् झुन्डिएर मर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...