काठमाडौं – कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ।
एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा बिक्री भएको मासु हाल तीन सय ४५ रूपैयाँमा बिक्री भइरहेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।
पछिल्लो समय मागभन्दा बढी कुखुरा उत्पादन भएकाले मूल्य घटेको उनले बताए। ‘अहिले उत्पादन धेरै छ। उत्पादन बढेपछि मूल्य घट्नु स्वभाविक हो,’ उनले भने।
यो समयमा विगतमा पनि कुखराको मासुको मूल्य घट्ने गरेको उनको भनाई छ। हालको मूल्यभन्दा अझै मूल्य घट्ने संभावना भने नरहेको उनले बताए। ‘एक महिनाको बीचमा एक सय भन्दा बढी घट्नु धेरै हो,’ उनले भने, ‘अब घट्दैन होला।’
अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको सभापतिमा सत्तापक्ष र प्रतिपक्ष दुबैको दावी : बजेटमा करको दर हेरफेर गरेको विषयमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक संयोजक चयन नगरी सकिएको छ ।
मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि पारित गरेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको समिति बैठकले समितिको संयोजक भने चयन गर्न सकेन । सभापति चयनको पहल भए पनि सफल नभएको समिति सदस्य कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।
ज्येष्ठ सदस्य कर्णका अनुसार बैठक बुधबार दिउँसो साढे २ बजे फेरि बस्नेछ । समिति सचिव सुरेन्द्र अर्यालले सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय पनि भएको जानकारी दिए ।
‘सकेसम्म सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय भएको छ । अब अर्को बैठक (बुधबार दिउँसो साढे २ बथजेसम्म) माननीय सदस्यहरुले आन्तरिक छलफल गरेर सहमतिको प्रयत्न गर्ने भन्ने भएको छ’ सचिव अर्यालले भने ।
समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने समयावधि तोकिएको छ । तोकिएको समयावधि मंगलबारबाटै सुरु भएको छ ।
निवर्तमान अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
छानबिन गर्न समिति गठन भएपछि शर्माले २२ असारमै राजीनामा दिएका थिए ।





















