काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको हुँदा शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका हुन् ।
यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो ।
अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनुपर्नेअवस्था छ । बालेनको तलबबाट सालिक बनाउने घोषणापछि विभिन्न तह र तप्काबाट विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।
चर्चित मोडल तथा लोकदोहोरी गायिका ज्योति मगर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि खनिएकी छन् । ज्योतिले मेयर बालेन्द्रले जनताका आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउदैँ रोस प्रकट गरेकी हुन् ।
गायिका ज्योतिले कसैले मेयर बने तलबबाट समाजसेवा गर्छु भन्ने त कसैले सालिक बनाउछु भन्ने गरेको भन्दै मेयरको तलब कति हुन्छ भनेर प्रश्न समेत गरेकी छन् ।
हाम्रो देश मा के कोइ कोइ ले मलाइ मेयर बनाउनु मेरो तलब ले समाज सेवा गर्छु भन्छन कोइ कोइ ले मेयर भयर मेरो तलब ले सालिक बनाउछु भन्छन हैन मेयर को तलब कति छ बे ???, ज्योति लेख्छिन्, सिस्टम जस्ताको तस्तै देश मा जनता लाई भेडा बनाउने पावर मा बस्ने…यत्रो बन्यो देश… घन्टा जस्तो…






















