डाँफे होटलमा घट्यो डरलाग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित स्टल बजारमा रहको डाँफे होटलमा ३५ वर्षिया युवा मृ’त फेला परेका छन् । कमलामाई नगरपालिका ४ धुराबजारका सुमन विक आइतबार राती होटलको एक कोठामा मृ’त फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।

उक्त कोठामा एक महिला पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घ्याङलेख गाउँपालिका ३ कि ३५ वर्षिया महिलालाई नियन्त्रणमा लिएको छ । मृ’तक विकको शव जिल्ला अस्पतालमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृ’तक विकको घाँटीमा डाम देखिएको होटलका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार महिला र मृ’तक विक आइतबार दिउँसो देखिनै होटलमा बसिरहेका थिए ।

ती महिलाले होटलको कर्मचारीको कोठामा गई आफूले मान्छे मा’रेको र प्रहरीलाई बोलाउन आग्रह गरेको ती कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कोठामा पुग्दा विक मृ’त भेटिएका थिए ।

महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् । साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...