श्रीमतीलाई मन्त्री बनाउन हदैसम्म गीरे अशोक राई !

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राईले आफ्नी श्रीमतीलाई मन्त्री बनाउन हदैसम्मको पापड पेलेका छन् । राईले आफ्नी गैरसांसद श्रीमतीलाई मन्त्री बनाउन पार्टी फुटाउने सम्मको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव तयार भएका छन् ।

पार्टीको समानुपातिक सूचीमा रहेकी सुशीला श्रेष्ठ राईकी श्रीमती हुन्। विभाजनको संघारमा पुगेको पार्टीमा समिकरण मिलाउन गैरसांसद श्रेष्ठलाई मन्त्री बनाएरै भएपनि अशोक राईको साथ र समर्थन पाउन यादवले सिफारिस गरेका हुन् ।

यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको नयाँ लिष्टमा संघिय मामिला तथा सामान्य प्रशानमन्त्रीमा श्रेष्ठको नाम सिफारिस गरिएको छ । स्रोतका अनुसार अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर उनलाई ल्याइएको हो ।

यस्तै नयाँ मन्त्रीका लागि दोस्रो नाम डा. सूर्य नारायण यादवको रहेको छ। सप्तरीबाट निर्वाचित डा. यादवलाई रामसहाय यादवको स्थानमा वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ।

अध्यक्ष यादवको चुनावी क्षेत्र सप्तरीमा स्थानीय चुनावमा नराम्ररी हार व्यहोरेका अध्यक्ष यादवले प्रतिनिधि सभाको चुनावमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिस गरेको बताइएको छ । बालुवाटारमा बुझाइएको नयाँ मन्त्रीको नामावलीमा डा सुरेन्द्र यादवको पनि नाम छ।

कृषि तथा पशुपालन मन्त्रीमा रहेका महेन्द्र राय यादवलाई हटाएर डा. सुरेन्द्र यादवको नाम समावेश गरिएको छ। ओली सरकारमा भएको चर्चित सांसद अपहरण काण्डमा उनको नै अपहरण भएको थियो ।

पछिल्लो पटक डा. यादव केही समयको लागि स्वास्थ्य राज्य मन्त्री पनि भएका थिए। मन्त्रीको नामावलीमा चौथो नाम मोहम्मद इस्तियाक राईको रहेको छ। रेणु यादवले सम्हालेको भौतिक निर्माण तथा यातायात मन्त्रालयमा इस्तियाक राईलाई सिफारिस गरिएको छ।

पश्चिम तराईको प्रतिनिधि र मुस्लिम समुदायलाई खुशी पार्न राईको नाम सिफारिस गरिएको स्रोत बताउँछ । राई शुरू देखि नै डा. बाबुराम भट्टराईको पक्षमा रहे पछि पार्टी विभाजनको योजना मत्थर पार्न उनको नाम राखिएको हो।

पार्टीबाट सर्वाधिक चर्चामा रहेका केही नामहरू जस्तै प्रदीप यादव, मृगेन्द्रसिंह यादव, रामबाबु यादव, प्रमोद साह लगायत कसैको पनि नाम नयाँ मन्त्रीमा प्रस्तावित नगरिएको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...