भक्तपुरमा युवक र युवती सहमतिमै रिसोर्ट बसे ! बिहान भएपछी युवतिले…

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टबाट मंगलबार बिहान एक युवक बलात्कार आरोपमा पक्राउ परे। रुहोसा रिसोर्टमा सँगै बसेका युवकले आफूलाई बलात्कार गरेको भन्दै युवतीले प्रहरीलाई जानकारी गराएकी थिइन्।

युवती मंगलबार बिहान सवा ४ बजे ती युवकले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी सम्पर्कमा पुगेकी थिइन्। २१ वर्षीय ती युवतीले बताए अनुसार प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको हो।

भक्तपुर प्रहरी परिसरका एसपी राजु पाण्डेका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोटका २५ वर्षीय मनिष खत्री रहेका छन्। उनलाई प्रहरी टोलीले जगातीबाट पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा ती युवक र पीडित महिला सोमबार साँझ रुहोसा रिसोर्टमा सँगै बसेका पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन्। उनी भन्छन्, ‘अनुसन्धानका क्रममा उहाँहरु अघिल्लो साँझ रिसोर्टमा सँगै बसेको पाइयो।

भोलिपल्ट बिहान युवती आफैँ आफू बलात्कृत भएको भन्दै प्रहरी सम्पर्कमा आएकी थिइन्।’ यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बैतडीमा बलात्कार आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...