लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ ।
मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए ।
विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए।




















