बालेनले मध्यराती देखाए चमत्कार, सिसडोलका बासिन्दा खुशीले गदगद्

काठमाडौँ – काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान भएको छ । बिहीबार मध्यराती १८ बुँदे सहमति भएपछि फोहोरको समस्या समाधान भएको हो ।

सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ ।

जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् ।

यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...