बालेनको नाम उच्चारण गर्दै पूर्वप्रधानसेनापतिले यसो भने, झनै पलायो आशा

काठमाडौं – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको भिजनलाई सलुट गरेका छन् । राजनीतिप्रति बितृष्ण बढ्दै गएका बेला पूर्वप्रधानसेनापतिको यो अभिव्यक्तीले युवापुस्ताको राजनीतितर्फ नजिनिकएकामा झनै आशा पलाएको हो ।

कटवालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको भिजनलाई सहयोग गर्ने जबर्जस्त टिमको जरुरी रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कटवालले काठमाडौलाई हराभरा, समृद्ध र सफा बनाउन मेयर शाहलाई जनताले साथ दिने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘काठमाडौंका मेयरसाहेबलाई एउटा पठित, नेपाली हुन गौरव गर्ने, दृढ विश्वासी, राष्ट्रियता र प्रजातन्त्रका सन्दर्भमा झुक्दै नझुक्ने, उनलाई सहज बनाई दिने र उनका भिजनलाई सहयोगगर्ने जवर्जस्त टिमको जरुरी छ। काठमाडौलाई हराभरा, समृद्ध र सफा बनाउन जनताले साथ दिने छन्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...