Advertisement

सपथ खाएको चार दिनमै बालेन र सुनिताले दिए नुवाकोटबासीलाई सरप्राईज !

Advertisement

काठमाडौं – काठमाडौँ महानगरपालिको मेयरमा निर्वाचित भएको दिनदेखि बालेन्द्र शाह (बालेन) जनताको पक्षमा डटेर लागेका छन् । सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटेर बालेनले राजनीति सन्तुलन राख्नेदेखि फोहोर व्यवस्थापनका लागि गरेको प्रयासलाई हेर्दा जोकोही उस्ताहित भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नुवाकोटको सिसडोल पुगेका छन्। मेयर शाह उपमेयर डंगोलसहितको टोलीलाई लिएर शुक्रबार बिहानै सिसडोल पुगेका हुन्।

यसअघि निर्वाचित हुनेबित्तिकै मेयर बालेन्द्र अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए। शाहले काठमाडौंको फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने र खादा–माला नलगाउने घोषणा गरेका छन्

सपथ समारोहमा पनि शाहले खादा र माला लगाएनन्। शाहले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका थिए। स्थानीयले आफ्नो समस्याका बारेमा मेयर शाहलाई अवगत गराएका थिए।

उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ। स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेलामा अवरोध गर्दै आएका छन्।

शाहले हिजोमात्रै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर फोहोर ब्यवस्थापनबारे चासो राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...