धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नयाँ कामको थालनी गरेका छन् । काठमाडौँका मेयर बालेन शाहलाई समेत शिक्षा पुग्नेगरी मेयर हमालले नगरबासीलाई ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् ।
पालिकामा हुने भ्रष्टाचार, काममा ढिलासुस्ती तथा अन्य गुनासो सुन्न उनले ह्वाट्स्एप नम्बर सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकारका सवालमा नगरबासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न मेयरको कार्यालयले ९८५८४८८८९५ ह्वाट्सएप नम्बर सार्वजनिक गरेको हो ।
सार्वजनिक सेवामा कुनै गलत क्रियाकलाप भएमा नगरबासीले सोझै सो नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिलासुस्ती, स्तरहीन काम भए नागरिकले सोझै फोन गर्न सक्ने मेयर हमालले बताए ।
साथै, उहाँले व्यक्तिगत प्रयोजनका लागि उक्त नम्बरमा फोन नगर्न आग्रह समेत गरेका छन् ।




















