देउवा सरकारको यो घोषणाले कुन चाँहि नेपाली खुशी नभई रहन सक्ला र ?

काठमाडौँ – सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने बताए ।

उनले धुवामुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने बताए ।

यस्तै सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...