९ हजार धेरै नेपाली श्रमिक कोरिया जाँदै, कहिले छ भाषा परिक्षा ?

काठमाडौं –

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो बिहीबार जेठ १९ गतेदेखि हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरिया जानका लागि

आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सत्रमा ६ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

परीक्षामा उतिर्ण हुने मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीलाई यसै वर्ष दक्षिण कोरिया पठाइने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दाबढीले आवेदन दिएका पनि उहाँले जानकारी दिनुभयो ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्लो दुई वर्षमा कोरोना भाइरसको सङ्क्रमणका कारण परीक्षा हुन सकेको थिएन ।

तर सन् २०२२ मा भने नेपालीलाई लैजान कोरिया मञ्जुर देखिएपछि परीक्षा सुरु गर्न लागिएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...