मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, दाहालको अवस्था के छ ? प्रहरीले दियो यस्तो जानकारी

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि उनी गम्भीर घैअते बनेकी छिन ।

दुर्घटनामा घाइते भएकी रेनु दाहालको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।

टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।

गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । दाहाल केहिदिन अघि मात्रै पुन: भरतपुरको मेयर बनेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...