रेनुको दोस्रो इनिङ्ग्सको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीहरू……

चितवन – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् ।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् ।  खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...