गगन थापाले नै यो कुरा स्वीकारे, बालेन समर्थकहरुलाई बनायो झनै उत्साहित

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले नेकपा एमालेभन्दा बढी मत कांग्रेसको काट्ने बताएका छन् ।

महामन्त्री थापाले बालेन एमालेभन्दा पनि कांग्रेसका लागि चुनौतीपूर्ण भएको कुरा स्वीकार गरेका हुन् । थापाले नै यसो भनेपछि बालेन पक्षधरहरु उत्साहित बनेका छन् । बालेनले इतिहास रच्न सक्ने सम्भावना बढेर गएको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई प्रतिक्षित रुपमा हेरिएको छ । संघीय राजधानी समेत रहेको देशकै सबैभन्दा ठूलो महानगरको कार्यकारी पदमा नै अहिले सर्वाधिक जनताको ध्यान खिचिएको हो ।

विगतमा झैँ यसपटकको निर्वाचनमा पनि काठमाडौँ महानगरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लोपटक काठमाडौँ महानगरमा जितेको नेकपा एमालेबाट केशव स्थापित मेयरका प्रत्याशी छन्

भने सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह प्रतिस्पर्धामा उत्रेकी छन् । त्यस्तै, गत निर्वाचनमा सन्तोषकजनक प्रदर्शन गरेको विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा पनि मेयर पदको दाबेदार बनेकी छन् ।

यद्यपि, चर्चामा भने यसपटकका ‘सर्प्राइज क्यान्डिडेट’ का रूपमा रहेका स्वतन्त्र उम्मेदवार ‘¥यापर’ बालेन शाह छन् । सामाजिक सञ्जाल यतिबेला ठूला दलका उम्मेदवारभन्दा पनि बालेन शाहको पक्षमा रङ्गिएको छ । विशेष गरेर युवामाझ लोकप्रिय रहेका शाहलाई मतदान गरौँ भन्दै सेलिब्रेटीहरु समेतले मत मागिरहेका छन् ।

वैशाख ३० गते हुने मतदानमा शाहले सामाजिक सञ्जालको मतलाई ‘ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ । तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन् ।

गत निर्वाचनमा युवा उम्मेदवारले पाएको मत र काठमाडौँका मतदाताको ‘ट्रेन्ड’लाई हेर्दा शाह आशावादी हुने ठाउँ पक्कै देखिन्छ । किनभने गत निर्वाचनमा आफूलाई वैकल्पिक शक्ति भनेर भोट मागेका दुई उम्मेदवारले करिब ४२ हजार मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...