नेपालमा अमेरिकी अधिकारीको लर्को किन लाग्दैछन् ? भिम रावलले खुलाए सबै रहस्य

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी अधिकारीहरु नेपाल आउनु खतराको संकेत भएको बताएका छन्।

अमेरिकी सहायक विदेशमन्त्री, उपविदेशमन्त्री, सांसदहरु, एमसीसी उपाध्यक्षपछि अब तिब्बत मामिला हेर्ने उपविदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका बेला नेता रावलले अमेरिकी अधिकारी नेपाल भ्रमणमा लर्को लाग्नु शंकास्पद रहेको उल्लेख गरेका छन्।

‘एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको छ। अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया आउने रे,’ उनले भनेका छन्, ‘यो, नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त? एमसीसीको एउटा परिणाम। स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो?’

रावलले एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएकोमा पनि आपत्ति जनाएका छन्। ‘के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन्? छैन,’ उनले भनेका छन्,

‘यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ। अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।’

उनले अनुमोदनबारे पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...