रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट

भरतपुर

पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।

वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो ।

यसअघि महानगर प्रमुख रहदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आउनु भएको थियो ।

सरसफाई कार्यक्रममा सहभागि अभियान्तहरुले स्मार्ट सिटीका लागि प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका थिए । मेयरमा दाहाल निर्वाचित भएमात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई थियो ।

यो पनि : नेकपा (माओवादी केन्द्र)की नेतृ बिना मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी छन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन् ।

नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको छ । जहाँ प्रमुखमा जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना उम्मेदवार छन् ।

उनीहरूलाई जिताउन उनी घरदैलोमा खटिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...