काठमाडौं – मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक हुने भएको छ ।
इदको अवसरमा सोमबार विदा हुने भनिएको थियो, तर आइतबार साँझ चन्द्रमा नदेखिएपछि विदा नहुने भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार मुस्लिम आयोगले गर्ने सिफारिस अनुसार इद विदाको निर्णय हुन्छ, आइतबार आयोगले सिफारिस गरेको छैन ।
सोमबार साँझ चन्द्रमा देखिए पर्सी मंगलबार विदा गर्न आयोगले सिफारिस गर्ने उनले बताए ।