काठमाडौं – काठमाडौं महानागरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले लौरो चुनाब चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
यो पनि : नेकपा एमालेका तर्फबाट ललितपुर महानगरपालिका–११ मा दलित महिला सदस्य पदकी उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हुन्।
तर यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ। एक्लो उम्मेदवारी परेका कारण परियार निर्विरोध भएकी हुन्।
उक्त वडामा अन्य पार्टीका तर्फबाट दलित महिलाले उम्मेदवारी दिएका थिएनन्।
वडाध्यक्ष पदका लागि एमालेबाट इन्द्रमान महर्जन, महिला सदस्यमा आपुलु महर्जन तथा खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन्।