काठमाडौंको सिनामंगलस्थित नोबल अस्पताल अगाडिबाट ५ पक्राउ, धन्दा पनि गजबको रहेछन्

काठमाडौं – सिनामंगलस्थित नोबल अस्पताल अगाडिको सडकबाट युवक अपहरण गरेको सुचना प्रहरी कन्ट्रोलमा आयो । सो सूचनाको आधारमा

बिहिबार साँझ पुरानो बानेश्वरबाट बा.१६ च ४७७३ नम्बरको स्कर्पियोमा सवार ५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । अपहरित युवक सो स्कर्पियोमै भेटिए ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहिबार साँझ उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा सुर्खेत घर भएका निरज केसी, चितवन घर भएका सौजन्यसिंह ठकुरी, भक्तपुर घर भएका आशिष कोजु, रुकुम पश्चिम घर भएका शिव सज्जन वली र सिन्धुपाल्चोकका सन्तोष न्यौपाने छन् ।

लागु औषध किनबेच गर्नेबारे विवाद हुँदा उनीहरुले युवकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अपहरित युवक पनि लागुऔषध प्रयोगकर्ता हुन् ।

५ जनाले उनलाई खैरो हेरोइनको ‘डिलर’ देखाउन आग्रह गरेको तर, ति युवकले नमाने पनि उनीहरुले जबर्जस्ती गाडीमा राखेका थिए ।

सो दृश्य देखेर स्थानीयले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेका हुन् ।​ आरोपी बिरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार अपहरण गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...