काठमाडौ – राजधानी काठमाडौ लगायतका स्थानमा पानी पर्न सुरु गरेको छ । आज मध्यन्हदेखि वर्षा सुरु भएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार राजधानी काठमाडौ लगायत प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित वर्षा सुरु भएको छ ।
महाशाखाले मेघ गर्जन-चट्याङ्ग सहित वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन समेत सूचना प्रकाशन गरेर भनेको छ ।
भोलि काठमाडौमा भारी वर्षा – भोलि शनिबार काठमाडौमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार भोलि मध्यन्ह काठमाडौमा ७ दशमलव ८ मिलिलिटर वर्षा हुनेछ ।
साँझ १७ दशमलव ४ मिलिलिटर वर्षा हुनेछ । वर्षाको क्रम आइतबार रातिसम्म जारी रहनेछ । आइतबार राति शन्य दशमलव ४ मिलिलिटर वर्षा हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७९ बैशाख १६ गते (शुक्रबार) – दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
२०७९ बैशाख १७ गते (शनिबार) – दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ बैशाख १८ गते (आइतबार) – दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
राती : : प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।