जब ओलीले सुनिताको अन्तर्वार्ता हेरे, त्यसपछि…

काठमाडौं- नेकपा एमालेले अप्रत्यासित रूपमा काठमाण्डौं महानगरपालिकाका लागि उम्मेदवारका लागि केशव स्थापित र सुनिता डङ्गोललाई उठाउने निर्णय गरेपछि एमालेकै कार्यकर्ता र नेताहरू अचम्मित बनेका थिए ।

त्यसमाथि स्वतन्त्र रूपमा महानगरको मेयरमा उम्मेदवारी दिएकी डङ्गोल एमालेबाट उपमेयरमा सिफारिस भइन् । काठमाडौं महानगरको उपमेयरमा डंगोललाई उठाउने निर्णय भएपछि सामाजिक संजालमा उनको टिकाटिप्पणी हुन थाल्यो ।

शनिबार दिउसोसम्म एमालेले टिकट दिनेमा उनलाई आशा थिएन । एमालेलगायत साना/ठूला एजेण्डा मिल्ने दलसँग निरन्तर छलफलमै थिइन् ।

साना ठूला दलसँग छलफल गरिरहेकी उनलाई एमाले अध्यक्ष ओलीले भेट्न बोलाएका थिए । उनले एउटा अन्तर्वार्तामा आफ्ना एजेन्डा एमालेसँग बढी बढी मिल्ने भन्दै ओलीको तारिफ गरेकी थिइन् ।

अध्यक्ष ओलीले उनको अन्तर्वार्ता हेरेपछि उनलाई भेट्न बोलाएको र उम्मेदवार बनाएको बताइन्छ । स्रोतका अनुसार ओलीले डङ्गोलको अन्तर्वार्ता हेरेपछि दङ्ग परेका थिए ।

काठमाडौं महानगरको मेयरमा उठ्ने घोषणा गरेलगत्तै डंगोल चर्चामा थिइन् । उनले ल्याएका योजनाले चौतर्फी चर्चा कमाइरहेका थिए । त्यहि मौकामा ओलीले पनि उनको अन्तर्वार्ता हेरेका रहेछन ।

उनले ल्याएको आठ खम्बे विकासको मोडल र आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि मिडियाहरूले उनलाई पछ्याउन थालेका थिए । एउटा मिडियामा उनले अन्तर्वार्ता अन्तर्वार्ता दिँदै भिजन भएको र मन पर्ने नेता केपी ओली भएको बताएकी थिइन् ।

अन्तर्वार्तामा त्यो भेट्टाएपछि ओलीले उनलाई भेटका लागि निम्ता दिए । त्यसपछि उनले ओलीसामु आफ्नो विचार खुलेर राखिन । भेटका क्रममा पदको विषयमा कुरा नभएपनि एजेन्डाका विषयमा छलफल भएको उनी बताउँछिन् ।

गत बुधबारमात्रै ‘युवासँग म’ कार्यक्रम राखेका ओलीको कार्यक्रममा डङ्गोल पनि उपस्थित थिइन् । उक्त कार्यक्रममा उनले खुलेर आफ्ना कुरा राखेपछि ओली र सुनिताको निकटता बढेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...