काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताएका छन्।
राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने बताएका हुन्।
‘२०५१ सालमा बुढापाकालाई भत्ता दिने सुरुवात हामीले नै गरेका हौं। हामीलेनै अपागंता भएकाहरुलाई विशेष सहुलीयत, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने, जग्गा वितरण गर्नेजस्ता कामहरु हामीले नै सुरु गर्यौं।
ओली गुटले हामीले यी कार्यक्रमहरु ल्यायौं भन्दैछ रे। उनको त कुनै भूमिकै थिएन। त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो। माधव नेपालको थियो, भरतमोहन अधिकारीको थियो।’
यो पनि : व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ ।