युक्रेनको मुख्य शहर मारियोपोल रुसी सेनाले यस्तो गरेपछि, जेलेन्स्कीको ढुकढुकी बढ्यो !

काठमाडौँ – रुसी सेना युक्रेनको सैन्य कारवाही थालेको ५७ दिनपछि मारियोपोल शहर कब्जामा लिएको छ । युक्रेनको मुख्य शहर मारियोपोल कब्जामा लिएको छ । रुसले मारियोपोलमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न समय सीमा दिएको थियो ।

उक्त सयम सीमा भित्र स्टील कम्पनीको बंकरमा लुकेर प्रतिरोध गरिरहेका युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरेपछि रुसले पूरै शहर कब्जमा लिएको घोषणा गरेको हो ।

युक्रेनी सैन्य कारवाहीको कमाण्ड गरेका कमाण्डरले मारियोपोल शहर पूर्ण रुपमा नियन्त्रणमा लिएको जानकारी गराएको रुसी संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले मारियोपोल कब्जामा लिएको पुष्टि गरेका छन् । मारियोपोल शहर युक्रेनको मुख्य शहर हो । यूरोपको सबैभन्दा ठूलो स्टील कम्पनी पनि मारियोपोलमै छ ।

समुन्द्री बन्दरगाहसँग जोडिएको यही शहरबाट हुँदै युक्रेनले आयत र निर्यत गर्दै आएको छ । यहाँबाट रुससँग गाभिएको क्राइमिया, डोनबास, लुहान्सलगायतका पूर्वी क्षेत्रमा सँग जोडिन्छ ।

रुसले पूर्वी युक्रेनमा जानलाई मारियोपोल नियन्त्रणमा लिनु अनिवार्य जस्तै भएको बताइएको छ । मारियोपोलको महत्वलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारियोपोल युक्रेनीको मुटु भएको भन्दै यो गुमेपछि ढककन नै रोकिने बताएका थिए ।

जेलेन्स्कीले यो कुरा गरेर पश्चिमा देशबाट हतियार माग्ने र मोरियोपोलबासीलाई रुसी सेनासँग प्रतिरोध गर्न भिडियो सन्देशमार्फत भनेका थिए । तर, नभन्दै रुसी सेनाले मारियोपोल कब्जामा लिएको छ ।

युद्धमैदानमा रहेका रुसी सैनिकहरुले मारियोपोल कब्जामा लिएको खुशीयाली मनाइरहेको भिडियो भारतीय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

मारियोपोल बन्दगाहसँग जोडिएकाले पनि युक्रेनले अन्तिमसम्म लडेको थियो भने रुसी सेनाले पनि घेराबन्दी गर्दै मारियोपोलमाथि भिषण हमला गरेको थियो ।

रुसले अन्य शहरभन्दा सेना पनि मारियोपोलमा बढी नै पठाएको थियो । यससँगै रुसले आफूले पूर्वी युक्रेनमा पूर्ण नियन्त्रण चाहेको बताएको छ । मारियोपोलमा १ हजार युक्रेनी सेनाले एकै पटक आत्मसमर्पण गरेका थिए ।

दोस्रो विश्वयुद्धको बेला तत्कालिन सोभियत सेनाले मारियोपोलमा बनाएको सुरुङमा लुकेर अहिलेसम्म युक्रेनी सेनाले प्रतिरोध गरिहेको थियो ।

बंकरमा स्थानीय नागरिकलाई सँगै लिएको कारण रुसी सेनाले ठूलो मानवीय क्षति नगरेरै मारियोपोल कब्जामा लिन चाहेकोले युद्ध लम्बिएको थियो ।

दुई दिन पहिले मात्रै रुसले १८ हजार किलोमिटर टाढासम्म आरणविक ब म खसाल्न सक्ने अन्तरदेशीय ब्यालेष्टिक मिसाइल सफल परीक्षण गरेको थियो । यसले अमेरिकासहित विश्वका कुनै देशमा सजिलै हमला गर्न सक्ने बताइएको छ ।

यो क्षेप्यास्त्रको परीक्षणसँगै रुसले आफ्नो विरुद्धमा उभिनेहरुले दश पटक आफ्नोबारेमा सोच्नुपर्ने चेतावनी दिएको थियो । राष्ट्रपनि पुटिनले क्षेप्यास्त्र परीक्षणपछि बोल्दै सो चेतावनी दिएका दिएका थिए ।

रुसी सेनाले राजधानी किभ, खार्किभलगायतका ठूला शहरमा हमला जारी राखेको छ । मे ९ भन्दा पहिले नै रुसले युक्रेन कब्जामा लिने योजना बनाएको बताइएको छ ।

रुसले दोस्रो विश्वयुद्धमा जर्मनलाई हराएको सम्झनामा मे ९ राष्ट्रिय दिवस मनाउँदै आएको छ । यसमा रुसले आफ्नो शक्ति प्रदर्शन गर्नुको साथै भावि योजना पनि बनाउने गरेको छ ।

मे ९ भन्दा पहिले नै रुसले युक्रेनमा विजयका झण्डा फराउने छ । मारियोपोल आफ्नो मुटु भएको बताएका राष्ट्रपति जेलेन्स्कीले कब्जाको सन्देश पाएसँगै तनावमा रहेको बताइएको छ ।

मारियोपोल गुमे आफ्नो धडकन रोकिने बताएका थिए जेलेन्सकीले । त्यसैले केही भारतीय संचारमाध्ममहरुले जेलेन्स्कीको ढुकढुकी बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...