Advertisement

२ विदेशी महिलाको यस्तो अनौठो धन्दा, प्रहरी समेत चकित !

Advertisement

काठमाडौँ – ७ केजी (करिब १४ करोड रुपैयाँ बराबरको) अवैध लागूऔषध सेतो हेरोइनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा जामबियन नागरिक ३५ वर्षीया कापुतुला अविशर्ग र भारतीय नागरिक ३५ वर्षीय लालनुनपुई छन् । राहदानी नम्बर ८४०१३१ वाहक जाम्बियन नागरिक र

राहदानी नम्बर ८८७९६८७ वाहक भारतीय नागरिकलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले वैशाख ३ र ४ गते पक्राउ गरी आइतबार संयुक्त रुपमा सार्वजनिक गरेको हो ।

कतार एयरवेजको उडानबाट दक्षिण अफ्रिकाको जोहानसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी कापुतुला अविशर्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेसभित्र फल्स बटममा लुकाइ ल्याएको हेरोइनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए ।

उक्त लागूऔषध लिन आएकी भारतकी लालनुनपुईलाई लाजिम्पाटस्थित एक होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यस्तै काठमाडौं, चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–२ का २३ वर्षीय हेमन्त यादव छन् ।

आइतबार बिहान जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १२३२ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट

खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार हेमन्त लागूऔषधसहित पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४ सय एम्पुल डाईजेपाम, ४ सय एम्पुल नुर्फिन र ४ सय एम्पुल फेनारगन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...