एकीकृत समाजवादीलाई हराउन एमालेले यतिसम्म गरेका रहेछन्, भयो पर्दाफास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी मनोनयनको बेला विद्रोही उम्मेदवार उठाएर एमालेले आफ्नो पार्टीलाई हराउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

केन्द्र र प्रदेश सरकारबाट हटेको तथा राष्ट्रिय सभा निर्वाचनबाट पछारिएको भन्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए।

अध्यक्ष नेपालले एमालेभित्रका केही नेताहरू निराश र हतास मनस्थितिमा रहेको दाबी गर्दै उनीहरूलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे।

‘भोलि नोमिनेसन फाइल गर्ने दिन हो। पर्सि पनि नोमिनेसन गर्ने दिन हो। यो दुई दिन राखिएकोमा पनि षड्यन्त्र होला। ११ गते नोमिनेसन गर्लान् ।

र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउँला भनी सोचेका पनि होलान्। अनि आफूले मात्रै त्यस्तो तिक्डम गर्न जानेको छ भनी ठानेका होलान्।

अरूले पनि त्यस्तो तिक्डम जानेको छ। केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए, राष्ट्रिय सभाबाट पछारिए। यसरी पछारिँदा पनि अझै होस खुलेको छैन। पहिलो शक्ति हुँ भन्ने दम्भ होला,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...