पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु भएको छ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले पोखरा महानगरपालिका–३२ खुदीले नयाँ वर्षको दिन ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइतेको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा पाइजाकी श्रीमती पनि घाइते भएकी थिइन्। उनको उपचार जारी रहेको छ।