चितवन – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।
मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।
‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्यो’ देउवाले खनालसँग भनेका थिए ।
जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।
जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको उनले अनलाइनखबरसँग बताए ।