एमाले नेता माधव ढुंगेल र उनी श्रीमति कुटिए आफ्नै नेताबाट

रामेछाप – एमालेका केन्द्रीय सदस्य माधव ढुंगेललाई आफ्नै नेताले आक्रमण गरेका छन् । एमालेको केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय तहको निर्वाचनको टिकटको विषयलाई लिएर विवाद भएको थियो ।

विवाद चलिरहेका बेलामा उनलाई आफ्नै एकजना महिला कार्यकर्ता लक्ष्मी न्यौपानेले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफल हुँदै थियो ।

छलफलका क्रममा विवाद भएको थियो । विवादका क्रममा न्यौपानले केन्द्रीय सदस्य ढुंगेललाई हातपात गरेकी हुन् । न्यौपाने भने एमाले केन्द्रीय सम्पर्क समितिकी सदस्य हुन् ।

न्यौपानेले ढुंगेललाई गरेको आक्रमण रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल पनि घाइते भएकी छन् । समाचार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...