गोकुल बाँस्कोटा भन्छन्, ‘७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ ?’

काठमाडौं – सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदको विषयलाई लिएर बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बाँस्कोटाले अर्ब–अर्ब हान्दिएको बताएका छन् ।

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट बर्खास्तीमा परेका बाँस्कोटाले ७० करोड नभई अर्बौ रुपियाँ हान्दिएको सार्वजनिक रुपमै बोलेका छन् ।

हुलाक सञ्चारको लोगो रहेको भिडियोमा बाँस्कोटाले भनेका छन्, ‘तपाईंहरु सुन्नुहुन्छ ७० करोड, ७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ हाम्लाई परियोजनाको लागि ।

व्यक्तिगत हो ? निजी खाइदिएको छ ? निजी खाइदिएको भए यिनको परमादेशी, यिनको अदालत जम्मै भएको बेलामा बाटोमा हिँड्न नदिएर समातेर कुटेर, घोचेर कोर्रा हानेर छोड्थे ।’

बाँस्कोटाको यो भनाईले उनीमाथिको आरोपलाई बल पुगेको छ । ७० करोड कमिसन मागेको आरोप बोकेर हिडेका बाँस्कोटाका लागि उनकै बोली अब गलपासो बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...