कांग्रेसले बाटो खुलायो, तल्लो तहमा केन्द्रबाट…….

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने बताएका छन् ।

ललितपुरस्थित पार्टी मुख्यालयमा शनिवार पत्रकारहरूसँग कुरा गर्दै डा.प्रकाशशरण महतले महानगरपालिका र उप–महानगरमा गठबन्धन गर्ने तथा उम्मेदवार छान्ने बाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् ।

‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ ? त्यो तल्लो तहमा नै टुङ्गो लगाउनुहुन्छ’,

उनले भने, ‘महानगरपालिका र उप–महानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहहरूलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । त्यहीबाट टुङ्गो लाग्छ ।’

उनले भनेका छन्, ‘केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’

‘केन्द्रीय कार्यसमितिको निर्णयानुसार स्थानीय वस्तुस्थिति र आवश्यकतानुसार तालमेल गर्ने निर्णयानुसार कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्छ’, डा.महतले भनेका छन् ।

डा.महतले भने, ‘कुनै तहमा तालमेल मिलेन त्यहाँ हाम्रै दल शक्तिशाली छ भने गठबन्धन बिना नै प्रतिस्पर्धापनि हुनसक्छ ।’

‘हाम्रो गठबन्धनसँग कुरा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न चाहिँ जाँदैनौँ’, उनले भने, ‘त्यही सहमति नै शीर्ष तहमा भएको हो । त्यही मूल मर्म र भावनानुसार स्थानीय तहमा रहेका साथीहरूले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुहोला ।’

‘हुनेसम्म समझदारी तालमेल गर्नुहोला । कथम् कदाचित् भएन भने त्यसको रिपोर्ट पनि गर्नुहोला’, उनले भने, ‘त्यहाँ कसरी जाने त्यसबारे केन्द्रलाई सल्लाह सुझाव पनि दिनुहोला ।’

उनले वैशाख ३ गतेसम्मका लागि तालमेल गर्न समय दिएपछि भोलिका दिनमा पनि सहमति गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...