पल शाह प्रकरण : अदालतबाट आयो यस्तो खुशिको खबर, सबै खुशिले गदगद

काठमाडौं – बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् ।

पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेख भएका विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ । पीडितले आफु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको दाबी वकिलहरुले गरेका छन् ।

उनको बयानसँगै पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।

पल शाहमाथि नाबालिका गायिकाले आफुमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको थियो ।

रिपोटर्सनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...