नेपालको बारेमा चीनका राजदुत होउ यान्छीले यस्तो अभिव्यक्ति दिएपछि, सबै चकित !

काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल सबै मुलुकका लागि सौहार्द दर्साउने बगैचा बन्नुपर्ने बताएकी छिन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै यान्छीले नेपाल भू-राजनीतिक दृष्टिकोणले खेल मैदान बन्न नहुने बताएकी हुन् । 

अमेरीकी सहयोग परियोजना(एमसीसी) संसदबाट अनुमोदन भएको बारे सोधिएको प्रश्नमा राजदूत यान्छीले यस्तो धारणा राखेकी हुन् ।

राजदुत यान्छीले नेपाल र चीनको सम्बन्धलाई कसैले पनि विस्थापित गर्न नसक्ने दावी गरेकी छिन् । उनले अन्तर्राष्ट्रिय विमानस्थल, सडक, उर्जालगायतका भौतिक पूर्वाधार निर्माणमा नेपाल र चीनबीच सहकार्य भइरहेको अन्तवार्तामा बताएकी छन्।

नेपालले सन् २०१७ मा बीआरई परियोजनामा हस्ताक्षर गरेको थियो । उनले भनिन्, ‘मलाई विश्वास छ कि दुई देशबीचको ठूलो सहयोगमा कुनै पनि कुराले हस्तक्षेप गर्न सक्दैन ।

बीआरआईबाट नेपाली जनता लाभान्वित भएका छन् र भइरहेका छन् । यसमा मलाई पूर्ण विश्वास छ ।’  हालै भएको चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण सफल रहेको उनले दावी गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...