काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक र कर्मचारीको तलबसुविधा बराबर हुनुपर्ने तर्क गरेका छन् ।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा शनिबार बोल्दै मन्त्री पौडेलले सो तर्क गरेका हुन् ।
उनले लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवासुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए ।
उनले भने, ‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं । सबै शिक्षक र कर्मचारीको तलबसुविधा बराबर हुनुपर्छ भन्ने हो ।’