पूर्व गर्लफ्रेण्डलाई नै राजदूत बनाएको भन्दै नेपाली कांग्रेसमा तरंग, प्रधानमन्त्री देउवासमेत झस्किए !

काठमाडौं –

निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनका निम्ति आचारसंहिता जारी गर्नु २० घण्टा अगावै सरकारले क्याबिनेट बैठक राखेर बिहीबार एक सय वटाभन्दा बढी नियुक्ति र निर्णय गरेको छ ।

त्यसमध्ये २० जना राजदूत एकैचोटि तोकिएका हुन् । मुलुकको प्रतिनिधित्व गर्नुपर्ने सम्मानित पद पछिल्लो समय बाँदरको हातमा नरिवल भएको छ ।

आफ्ना नातेदार,आसेपासे र विशेष सम्बन्ध भएकालाई देशको प्रतिनिधि बनाएर बाहिर पठाउनुलाई धेरैले रुचाएको पाइएन ।

राजनीतिक दलका नेताहरु एकले अर्कोलाई दोष लगाए पनि उक्त प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । सरकार फेरिँदा पात्र फेरिने तर प्रवृत्ति नफेरिने रोग यसपटक पनि देखिएको छ ।

त्यहि प्रवृत्तितर्फ संकेत गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनुभएको वर्तमान क्याबिनेटको उक्त निर्णयलाई काँग्रेसकै नेताहरुलै तीखो टिप्पणी गरेका छन् ।

काठमाडौंका काँग्रेसी नेता लोकेश ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैका पूर्व गर्लफ्रेण्ड पनि राजदूत भए ! रमाइलो !’

काँग्रेसका नेताले काँग्रेसकै नेताप्रति लक्षित गरेको उक्त टिप्पणी र व्यंग्य कोप्रति लक्षित होला भनेर सबैले आशंका गरेका छन् । ढकाल निकट एक जना काँग्रेसी नेताले भने, ‘सबै छर्लङ्ग छ,बुझ्नलाई के गाह्रो भयो र ?’

नागरिकपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...