महिला प्रहरीको मृ त्यु प्रकरण : बाहिरियो ड’रलाग्यो यस्तो भित्रि रहस्य, अब के होला ?

विराटनगर – मोरङको लेटाङको हिं’सात्मक आक्र’मणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृ’त्यु गोली प्र’हारबाट भएको खुलेको छ ।

चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छु’रा प्रहार गरेर ह’त्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो ।

अदालतमा बुझाइएको पोस्टमार्टम रिपोर्टमा उनको गो’ली लागेर मृ’त्यु भएको उल्लेख छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको दस्ताबेजमा उनको शरीरबाट गो’ली निकालिएको भनिएको छ ।

झड’पलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण रिपोर्टमा जवान श्रेष्ठलाई लागेको गो’ली प्रहरीले प्रयोग गर्नेभन्दा छुट्टै भएको उल्लेख छ ।

मोरङको सरकारी वकिल कार्यालयका अनुसार हिं’सात्मक भीडले महिला प्रहरीलाई गो’ली प्रहारसहित लाठी, ढुंगा र सिसाको बोतल प्र’हार गरेर ह’त्या गरेको प्रहरीको प्रतिवेदनमा छ ।

प्रदर्शनकारीद्वारा गो’ली प्रहार भएको पुष्टि भए पनि घटनाको एक महिना बित्न लाग्दा प्रहरीले उक्त ह’तियार भने फेला पार्न सकेको छैन ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराम कोइरालाले अनुसन्धानका क्रममा गो’ली प्रहार गर्नेको पहिचान नभएपछि तत्काललाई केवल कर्तव्य ज्यान मुद्दामा आरोपीहरूलाई अदालतको जिम्मा लगाइएको बताए । ‘पछि गो’ली प्रहार गर्नेको पुष्टि भएको अवस्थामा अर्को जाहेरी पठाउँछौं,’ उनले भने ।

लेटाङ–५ खेरुवाका शिक्षक मनोज पौडेलले कक्षा ६ मा पढ्ने एक छात्रालाई यौ’न दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यालयमा बैठक भएको थियो ।

शिक्षकहरूले पौडेललाई प्रहरी बोलाएर बुझाउन लागेका थिए । भीड विद्यालय परिसरमा पस्यो र तो’डफोडसँगै हि’सात्मक प्रदर्शनमा उत्रियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि भीडले आक्र’मण गर्दा श्रेष्ठको घटनास्थलमा मृ’त्यु भएको थियो ।

यो प्रकरणमा ज्यान मु’द्दा अभियो’गमा पक्रा’उ गरिएका एक १४ वर्षीय किशोरलाई जिल्ला अदालत मोरङले मंगलबार अभिभावकको जिम्मा लगाउने फैसला गरेको छ ।

घटनामा संलग्न आरो’पमा पक्रा’उ गरिएका ६ जना नाबालिगमध्ये पाँचलाई प्रहरीले अभ’द्र व्य’वहार मु’द्दा चलाएको थियो भने एक जनाविरु’द्ध कर्तव्य ज्यान मु’द्दा दर्ता गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिगलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

उनका अनुसार कारागारमा राख्नलाई बाल सुधार केन्द्र नभएको र १४ वर्षमुनिका नाबालिग कर्तव्यज्या’न मु’द्दामा संलग्न भए शतप्रतिशत सजा’य नहुने भएकाले अभिभावकलाई बुझाएर पुर्पक्ष गर्ने प्रावधानअनुसार गरिएको हो ।

घटनामा संलग्न भएको दाबीसहित प्रहरीले थप २० जनाविरु’द्ध कर्तव्य ज्यान मु’द्दा चलाएको छ । बुधबारदेखि उनीहरूको थुनछेक बहस सुरु हुनेछ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...