एउटै कोठाबाट एक महिला र तीन पुरुष रंगेहात पक्राउ, धन्दा पनि गजबको रहेछ !

काठमाडौं । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा चार शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बालिकाका आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको हो । चैत ६ गतेदेखि बाल यौन दुव्र्यवहारको आरोपमा विभिन्न ठाउँबाट पाँचजनालाई पक्राऊ गरिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १३ का ५८ बर्षीय शिक्षक फणीन्द्र भट्टराई र विमलप्रसाद देवकोटा छन् । भट्टराईलाई कक्षा ४ मा पढ्दै आएकी

छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ भने देवकोटालाई कक्षा ६ मा अध्ययनरत छात्रालाई पढाउने समयमा विभिन्न संवेदनशील अंगमा छोएको आरोप लागेको छ ।

दुवै जनालाई प्रहरीले चैत्र २५ गते पक्राउ गरेको हो । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुलाई थुनामा राखिएको छ । त्यस्तै चैत ६ गते कक्षा ९ मा पढ्ने छात्रालाई यौन

दुव्र्यवहार गरेको आरोपमा माडीका शिक्षक सुरज लामिछाने पक्राउ परेका छन् । पीडित बालिकाकी आमाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बाल यौन दुर्व्यवहारमा उजुरी दिएकी थिइन् ।

भरतपुर १४ बाट पनि एक बोर्डिङ स्कुलका शिक्षक कृष्ण गुरुङ बालिका यौन दुर्व्यवहारमा पक्राउ परेका छन् । ९ कक्षामा पढ्दै गरेकी बालिकालाई

यौन दुव्र्यवहार गरेको आरोपमा ४५ बर्षीय तुलसी महतो फक्राउ परेका हुन् । उनीहरु सबैलाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एउटै कोठाबाट एक महिला र तीन पुरुष पक्राउ

इलाका प्रहरी कार्यालय धरानले श्रीमान श्रीमतीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्य दुई युवा रहेका छन्।

पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान -१३ मा कोठा लिई बस्ने ५० वर्षीय काले बहादुर तामाङ र कालेकी श्रीमती ३९ बर्षीया मुना तामाङ रहेका छन् । २० बर्षीय अभिषेक खड्का र २१ बर्षीय मौषम नेपालीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

लागूऔषध ब्राउनसुगरको कारोबार भई रहेको भन्ने बिशेष सूचनाका २४ गते राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले

जाँचको क्रममा पक्राउ परेकाहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी बरामद गरीएको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थपेर अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...