चीनले अमेरिकालाई दियो अहिलेसम्मकै कडा चे ता व नी, अमेरिकामा ह ल च ल !

काठमाडौं – चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेमा चीनले कडा कदम चाल्ने बताएको छ। न्यान्सी पेलोसी ताइवान जाने तयारीमा रहेको मिडियामा खबर आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले ताइवान र अमेरिकाबीचको कुनै पनि आधिकारिक सम्पर्कको विरोध गरेको र अमेरिकाले न्यान्सी पेलोसीको भ्रमण रद्द गर्नुपर्ने बताए।

चीनले ताइवानलाई एक चीन नीति अन्तर्गत आफ्नो भागको रूपमा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्छ र एक निर्वाचित सरकार छ। झाओ लिजियानले न्यान्सी पेलोसीले ताइवानको यात्रा गरे अमेरिकाले त्यसको परिणाम भोग्नुपर्ने बताए ।

यद्यपी उनले यसबारे विस्तृतमा केही भनेनन् । पछिल्लो पटक अमेरिकी संसदका सभामुखले सन् १९९७ मा ताइवानको भ्रमण गरेका थिए । न्यान्सी पेलोसी चीनको कडा आलोचक हुन् र धेरै पटक चीनले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...