सरकारको निर्णय : अब देखि शनिबार र आईतबार सरकारी बिदा दिने, कहिले देखि हुन्छ लागु ?

काठमाडौँ –

सरकारले २ दिन सरकारी बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी खर्च कटाउन यस्तो निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।बमन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने बताइएको छ । सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन सुझाव आएको थियो ।

आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रीपरिषद्ले कार्यान्वयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...