पल शाहका फ्यानहरुको लागि आयो दुखको खबर, अदालतले दिए यस्तो आदेश

पूर्वीनवलपरासी – किशोरी ब ला त्का र को अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थु’नामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई ब ला त्का र को अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कै’द सजाय हुने कानुनी व्यवस्था छ ।

पी’डित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पी’डित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए ।

सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने ष’ड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरुद्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।यता पी’डित किशोरीको पक्षबाट बहस गरेका ३ जना

सरकारी वकिल र २ अघिवक्ताले शाहले ब ला त्का र गरेको यथेस्ट प्रमाण भएको दा’बी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कै’द सजायको मा’गदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई ह’दैसम्मको स’जाय हुन पर्ने माग गरेका छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पी’डित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पी’डित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई ह’दैसम्मको कै’द स’जाय हुनुपर्ने माग गरेका छन् ।

जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।किशोरीको पक्षबाट बहस गरेकाहरुले पी’डितको निवेदन र माग दा’बी बमोजिम १२ देखि १४ वर्ष कै’द सजाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो ।

बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘पल शाहलाई किर्ते गरेर फ’साउन खोजिएको छ,

शाह नि’र्दोष छन्,’ अधिवक्ता गणेश अधिकारीले भने, ‘बिनाप्रमाण झुठा आरोप लगाएर शाहलाई फ’साउन खोज्ने नियत खराब देखिएकाले उनलाई रिहा गर्नु पर्ने माग गर्‍यौं ।’शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना माधव घिमिरे लगायतले बहस गरेका थिए ।

उनीहरुले शाह नि’र्दोष रहेको दाबी गर्दै रि’हाईको माग गरेका थिए ।जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहका पबाट ९ जना वकिल अधिवक्ताले बहस पैरवी गरेका थिए । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...