शिक्षकहरूले छात्रालाई अर्कै तरिकाले छोएपछी…(भिडियो)

मकवानपुर – मकवानपुरमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले स्कुलमा तोडफोड गरेका छन्।

बागमती गाउँपालिका-८ फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार विद्यालय तोडफोड गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जानकारी दिएको छ।

कक्षा चारदेखि आठ सम्मका विद्यार्थीमाथि गलत तरिकाले छुने गरेको भन्दै विद्यार्थीहरूले तीन जना शिक्षकविरूद्ध निवेदन दिएका थिए।

उनीहरूले गत हप्ता नै विद्यालयमा निवेदन दिँदा पनि कुनै कारबाही नगरेको भन्दै विद्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोही विद्यालयका शिक्षक लोकबहादुर बिक, रूद्रबहादुर बिक र हेमबहादुर बिकमाथि दुर्व्यवहार गरेको आरोप छन्।

तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक बसन्त राईले बताए। मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले

विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...