लोडसेडिङ हामीले हटायौँ, अरुले जस लिन खोजे : केपी ओली

काठमाडौं – नेकपा एमालेका केपी शर्मा ओलीले नेपालमा केहि बर्षअघिसम्म हुने १८ घण्टा लामो लोडसेडिङ आफुहरुले हटाएको बताएका छन् ।

आफ्नो सरकारको पालामा योजनाबद्ध काम गरेर लोडसेडिङ हटाए पनि अरुले जस लिन खोजेको पनि ओलीले बताए । हामीले लोडसेडिङ अन्त्य गरेका हौँ ।

तर अरुले लोडसेडिङ हटाएको भनिरहेका छन्, विरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने, मैले गरेको कुराहरुमा चट्के गरेर जस लिन खोजे । लोडसेडिङका फादरहरुले बिजुली ल्यायौँ भनेर गफ दिएका छन् ।

ओलीले केहि मानिसले आफुलाई लोडसेडिङ अन्त्यका पिताजी माताजी भनिरहेको बताउँदै कटाक्ष गरे । उनीहरु हामी लोडसेडिङका पिताजी र माताजी भनिरहेका छन्, उनले भने, लोडसेडिङ गराउने पिताजी हुन् उनीहरु ।

स्थानीय निर्वाचनको मुखैमा पर्साका दुईवटा स्थानीय तह र धुनषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार विरगञ्जमा आयोजित कार्यक्रमका बिच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुविर महासेठ, प्रभु साह लगायतका नेता पनि सहभागी थिए ।

एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर यायत्रीदेवी यादव र सखुवा प्रसौनि गाउँपालिका उपाध्यक्ष फुलमतिदेवी थरुनी छन् । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए ।

एमाले प्रवेश गर्नेमा धुनषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिका स्तरीय नेताहरुलाई स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...