पेट्रोलले जनताको ढाड सेकिँदा आयल निगमका हाकिम भने यस्तो कार्यमै व्यस्त !

काठमाडौं । जनताले चर्काे मूल्य तिरेर पनि पेट्रोल खरिद गर्न नपाइरहेको बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनयनमा परेका छन् ।

प्रचारप्रसार समितिको सदस्यमा निगमका कार्यकारी निर्देशक थानीसँगै ६७ जना मनोनयनमा परेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् ।

गत १५ चैतमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमनत्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन र मनोनयनको निर्णय गरेका थिए । कांग्रेस केन्द्रिय कार्यालयले यसबारेको सूचना १८ चैतमा सार्वजनिक गरेको थियो ।

थानीको नाम सो समितिको पदेन सदस्यको रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले बताए । ‘यहाँ थानीको नाम देखियो, संस्थाको नाम मात्रै हुनुपथ्र्यो,’ रिजालले भने, ‘उहाँ निर्वाचन प्रचार प्रसारमा बस्न मिल्दैन ।’

केन्द्रीय कार्यसमितिको चैत १५ गते बसेको बैठकले गठन गरेको प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वको प्रसार समितिमा केन्द्रीय सदस्य र भ्रातृ संस्थाका प्रमुखहरुलाई मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, टेकबहादुर गुरुङ लगायत छन् । उक्त समितिमा तरुण दल अध्यक्ष विद्धान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, नेपाल दलित संघ अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघ अध्यक्ष ओम थापा मगर पनि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...