सशस्त्र प्रहरीमा महिला काण्ड

काठमाडौँ l अर्काको घरबार बिगारेको आरोपमा सशस्त्र प्रहरीका एक सिनियर अधिकृत कारबाहीमा परेका छन् । महोत्तरीस्थित गणमा कार्यरत एसपी दिपेन्द्र गिरी कारबाहीमा परेका हुन् ।

बुटवलका एक व्यापारीले उनीविरुद्ध सशस्त्र प्रहरी मुख्यालयमा उजुरी गरेका थिए । आफ्ना श्रीमतीसँग लागेर एसपी गिरीले परिवार नै बिगारेको आरोप लागेको थियो । गोप्य फोटोहरूसहित उनीविरुद्ध उजुरी परेको थियो ।

छानबिनमा उनी दोषी देखिएपछि विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । विभागीय कारबाही गरेपनि उनलाई गणपतिबाट भने हटाइएको छैन ।

जसकारण महोत्तरीमा तस्करी बढेको छ । महोत्तरीको सम्शी बिओपीबाट तस्करी बढेको हो । बिओपीका इन्चार्ज रहेका इन्सपेक्टर भिमबहादुर रानाले तस्करीको लाइन नै खुलाएका छन् ।

आफु बाहिनीपतिको खास मान्छे भएको भन्दै एसपी गिरीसँग मिलेर उनले लाइन खुलाएका हुन् । पछिल्लो समय प्रहरीमा अर्काको घर बिगारेको देखि अर्काको घर बिगारेको भन्दै उजूरी बढ्न थालेका छन् ।

सरुवाका क्रममा प्रहरीका पति पत्नी टाढा हुँदा कतिपयका घरहरु बिग्रन थालेको तथ्यांक बढिरहेको बुझिएको छ । विशेषगरी सामाजिक सञ्जालले यसमा ठूलो असर बनाइरहेको छ । दृष्टि साप्ताहिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...