काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगले पत्र पठाएर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
‘तपाईंको समेत फोटो राखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी पोष्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति रहेको हो होइन ?’ आयोगले घिसिङलाई सोधेको छ, ण्ज्ञघघउक्त पोष्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिकरुपमा किन आपत्ति जनाउनु भएको छैन वा उजुर गर्नुभएको छैन ?’
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ को खण्ड (क) मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । घिसिङको तस्बिर चुनावी पोस्टरमा राख्नुले उक्त व्यवस्था उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।


















