प्रचण्ड: विप्लव नेतृत्वको नेकपाले आन्दोलनलाई गोलचक्करमा फसायो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् ।

बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले उक्त आरोप लगाएका हुन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए । जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका थिए ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत प्रचण्डले बताएका थिए ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको आरोप उनले लगाए ।नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...